logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बारा–२ मा उपनिर्वाचनको मतगणना सुरु

    बारा–२ मा उपनिर्वाचनको मतगणना सुरु

    1.3K
    Shares
    बारा–२ मा उपनिर्वाचनको मतगणना सुरु

    बारा । बारा–२ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । जिल्लाको निर्वाचन क्षेत्रका ८३ वटै मतदान स्थलमा रहेका १३७ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकको निर्णयपछि साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।

    मतगणनास्थलहरूमा तारबार लगाएर सिसी क्यामेरा जडान गरिएको छ । बारा–२ मा आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८६ मत खसेको थियो । निर्वाचन कार्यालय बाराका अनुसार उक्त क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेका छन् ।

    बारा–२ मा गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका तर्फबाट पुरुषोत्तम पौडेल, जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

    गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएपछि रिक्त बारा–२ मा उपनिर्वाचन भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend