काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित जस्तै भएको छ । उनी फराकिलो मतको अग्रता कायम गर्दै जीत नजिक पुगेका हुन् ।
रविले ४३ हजार १०१ मत प्राप्त गरेका छन् ।
लामिछाने ३५ हजार १४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ९५२ ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।
अब गन्न बाँकी मत १८ हजार लगभग रहँदा लामिछानेको जीत सुनिश्चितजस्तै भएको छ। आइतबार भएको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो।