logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पुस्तकालयहरुको संरक्षण र नयाँ खोल्नका लागि कानुनी व्यवस्था गर्न सरकारले लाग्नुपर्छ: सांसद् ठाकुरप्रसाद गैरे

    पुस्तकालयहरुको संरक्षण र नयाँ खोल्नका लागि कानुनी व्यवस्था गर्न सरकारले लाग्नुपर्छ: सांसद् ठाकुरप्रसाद गैरे

    1.1K
    Shares
    पुस्तकालयहरुको संरक्षण र नयाँ खोल्नका लागि कानुनी व्यवस्था गर्न सरकारले लाग्नुपर्छ: सांसद् ठाकुरप्रसाद गैरे

    काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पुराना पुस्तकालयहरुको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले कानुनको अभावमा पुस्तकालयहरुले समस्या भोगिरहनु परेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानुन बनाउन सरकारसँग माग गरेका हुन् ।

    सांसद गैरले पुस्तकालयको उचित व्यवस्थापनका लागि कानुन बनाउनेगरी तत्काल संसदमा विधेयक पेश गर्न पनि सरकारलाई सचेत गराए ।

    उनले भने, ‘यो सार्वजनिक पुस्तकालय संचालन सम्बन्धि नियम, कानुन, ऐन नहुँदा पुस्तकालयहरुले भोग्नु परेको समस्या एकातिर छ भने पुस्तकालयको अभावले पढने बानी पनि समाप्त हुँदैछ । र, पुस्तकहरु पनि हराउँदै गईरहेका छन । पुस्तक प्राप्त गर्न पनि छोडिएको छ । त्यसकारण यो पुराना सार्वजनिक पुस्तकालयहरुलाई संरक्षण गर्न तत्काल कानुन बनाउन र नयाँ पुस्तकालयहरु खोल्नका लागि ती सबै पुस्तकालयहरुको संचालनको, व्यवस्थापनको विषयमा अगाडि बढनका लागि तत्काल ऐन सदनमा प्रस्तुत गरेर व्यवस्थित गर्नेतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

    सांसद ठाकुरले पुस्तक पढने संस्कृति नै हराउन लागि रहेका बेला सरकारले पुस्तकालयको व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend