बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार मत कटाएका छन् ।
यादवले १८ हजार ९६ मत ल्याइ अग्रता लिइरहेका छन् । उनलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मतका साथ पछ्याइ रहेका छन्। यादव र कुशवाहको मतान्तर पाँच हजार १३ रहेको छ।
तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले पाँच हजार ४५९ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रमेशप्रसाद खरेल दुई हजार १६३ मतका साथ चौंथो स्थानमा छन् ।