logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कैलालीमा १२१ जना सिकलसेलका बिरामी थप

    कैलालीमा १२१ जना सिकलसेलका बिरामी थप

    1.2K
    Shares
    कैलालीमा १२१ जना सिकलसेलका बिरामी थप

    धनगढी। कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वङ्शाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यसअघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो ।

    समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए ।

    उनका अनुसार नौ वटै वडामा सिकलसेलका बिरामी फेला परेका छन् । करिब ९६ प्रतिशत थारु समुदायको बसोबास रहेको सो पालिकामा सिकलसेल एनिमिया भयावह अवस्थामा रहेको देखिएको छ ।

    गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार रतनपुर स्वास्थ्य चौकी बसन्तामा १९० जनाको परीक्षण गर्दा ३१ जनामा सिकलसेल पुष्टि भएको छ । यस्तै, गदरिया स्वास्थ्य चौकीमा १९५ को परीक्षण गर्दा २५ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

    उजलीसेमरमा रहेको बसौटी स्वास्थ्य चौकीमा ७६ जनाको परीक्षण गर्दा १३, टीसीएन डाँडास्थित हसुलिया स्वास्थ्य चौकीमा १५१ जनाको परीक्षण गर्दा १८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।

    यसैगरी, पवेरा स्वास्थ्य चौकीमा १५९ जनाको परीक्षण गर्दा १५, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १३२ जनाको जाँच गर्दा १९ जनामा सिकलसेल पोजेटिभ देखिएको छ ।

    योसँगै कैलारी गाउँपालिकामामात्रै सिकलसेल एनिमियाको बिरामीको सङ्ख्या २०९ पुगेको छ । यो रोग जिनमार्फत अभिभावकबाट सन्तानमा सर्ने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सिकलसेल एनिमियाका बिरामी बाहक र बिरामी (रोगी) गरेर दुई प्रकारका हुने गर्दछन् । बाहकमा कुनै पनि स्वास्थ्य समस्या नदेखिने गरे पनि बाहक बिरामीले अरुलाई रोग भने सार्ने गरेको चिकित्सकहरु बताउछन् । रोगी भने महिनैपिच्छे अस्पतालमा उपचार गराउने गरी बिरामी परिरहन्छन् । त्यस्ता बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ ।

    आमा बुबा बाहेक वा बिरामी भएपछि सन्तानमा सिकलसेल सर्ने भएकाले कुण्डली हेराएरभन्दा पनि थारु समुदायका युवायुवतीले सिकलसेल जाँच गराएर विवाह गर्नु पर्ने डा. राजन पाण्डेयले जोड दिँदै आएका छन्। उनले सिकलसेल एनिमिया कसरी सर्छ भन्ने सचेतनाका लागि सिकलसेल कुण्डली पनि तयार पारेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend