काठमाडौँ । कतारविरुद्ध ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपालले बलिङमार्फत दबाब सिर्जना गरेको छ ।
जारी एसीसी मेन्स प्रिमियर कपअन्तर्गत कीर्तिपुरमा १५८ रनको लक्ष्य पछ्याएको कतारले २१ ओभर २ बलमा ७८ रन जोड्दा ८ विकेट गुमाएको छ ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ तथा ललित राजवंशीले २ विकेट लिएका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५७ रनमा समेटिएको थियो ।
यो खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।