logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • घण्टीको सामना गर्न राप्रपा सक्षम छः पशुपति समशेर जबरा

    घण्टीको सामना गर्न राप्रपा सक्षम छः पशुपति समशेर जबरा

    3.1K
    Shares
    घण्टीको सामना गर्न राप्रपा सक्षम छः पशुपति समशेर जबरा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् ।
    शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गरे । उनले संसद भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताए । उनले अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको दाबी गरे ।

    उनले भने, ‘बैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद बडो डामाडोलपूर्ण अवस्थाको संसद छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामथ्र्यवान छ । अत्यन्त अफ्ठ्यारो परिस्थिति छ । त्यही अफ्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ ।’

    सांसद जबराले देश अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपा बाहेक अर्को नरहेको जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend