काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा चयन भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समिति सदस्यमा प्रस्ताव वाचन गरेर सुनाएका छन्। लामिछानेले आजमात्रै सांसदको शपथ लिएका हुन्।
गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लामिछानेको पद सर्वोच्च अदालतको फैसलाका कारण गएको थियो। उपनिर्वाचनमा सोही क्षेत्रबाट लडेका लामिछाने भारी मतले निर्वाचित भएका छन्।