काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध तेस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् ।
आसिफ शेखसँग ७७ रनको साझेदारि गर्दै ४३ रनको इनिङ खेलेर भुर्तेल आउट भएका छन् ।
भीम सार्की मात्र एक रन बनाएर आउट भएका हुन् । आसिफ पनि आउट भएका छन् ।
१२ ओभर चलिरहँदा नेपालले ८२ रन बनाएको छ ।