काठमाडौँ । पानी पर्न रोकिएसँगै मैदानबाट कभरहहरु हटाइएको छ । वर्षाले प्रभावित हुनपुगेको एसीसी प्रिमियिर कप अन्तरगत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुचारु गर्ने तयारी गरिएको छ ।
खेलको २४ औँ ओभरमा पानी परेपछि सेमिफाइनल खेल रोकिएको थियो । नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ ।