काठमाडौं । जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोड्दा ५ विकेट गुमाएको छ ।
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेत निरीह देखिएको हो । नेपालका लागि करण केसीले ४ र सोमपाल कामीले एक विकेट लिएका हुन् ।