logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • सरस्वतीनगर ‘निरा पाण्डे’ हत्याकाण्डका आरोपी सार्वजनिक

    सरस्वतीनगर ‘निरा पाण्डे’ हत्याकाण्डका आरोपी सार्वजनिक

    875
    Shares
    सरस्वतीनगर ‘निरा पाण्डे’  हत्याकाण्डका आरोपी सार्वजनिक

    काठमाडौँ । स्थानीय पसल सञ्चालिका निरा पाण्डे (आचार्य) को काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद बिकलाई सार्वजनिक गरिएको छ ।

    नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आरोपी बिकलाई सार्वजनिक गरिएको छ । एक साता अघि कपन सरस्वतीनगरमा भाँडा पसल चलाएर बस्ने नीरा पाण्डे आचार्यको हत्या भएको थियो ।

    एक साता सम्म हत्यारा र हत्या गर्नुको कारण पत्ता लगाउन नसकेको भन्दै प्रहरी आलोचित बन्न थालेको थियो । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्य छाविन टोलि बनाएर अनुशन्धान थालेको थियो ।

    प्रहरीले आरोपी बिकलाई उनको घर झापा धुलाबरिबाट पक्राउ गरेको बताएको छ । पक्राउ परे लगत्तै आफ्नो अपराध स्वीकार गरेका बिकले योजना बनाएर नै लुटपाट गरि हत्या गरेको प्रहरीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend