
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौति भएको बताएका छन् ।आईतवार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौति भएको बताए । उनले चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भएपनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको बताए । उनले राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरु पनि खराब रहेको बताए ।
उनले भने, ‘हामी बजेट निर्माणको चटारोमाछाैँ । बजेटको कर्मी पनि कटौति पनि छ । कटौति भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला । यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबी जस्तो भएको छ । बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ । ओभरल आर्थिक संकट त छँदैछ, राजश्व संकलन कमजोर छ । अर्थतन्त्रमा खराब सूचकांकहरु छन् । त्यसको मारमा बजेट परेको छ । बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरु, योजना, कार्यक्रम मारमा पर्नु हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यस पटक सबैभन्दा धेरै कटौति गरिएको छ । १ सय ६७ अर्ब अहिलेको आर्थिक वर्षमा थियो भने आगामी आर्थिक वर्षमा ११३ अर्ब मात्रै बजेट सिलिङ दिइएको छ । त्यसैले अत्यन्त कठिन छ बजेट बनाउन । धेरै मागहरु सम्बोधन गर्न कठिन छ ।’
मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend