काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।
नेपालले ५ ओभरमा युएईको दोस्रो विकेट लिएको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर करण केसीले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिए ।
युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामी आउट गराएका थिए ।