logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • पृथ्वी राजमार्ग खुल्न कति समय लाग्छ ?

    पृथ्वी राजमार्ग खुल्न कति समय लाग्छ ?

    1.2K
    Shares
    पृथ्वी राजमार्ग खुल्न कति समय लाग्छ ?

    धादिङ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ । भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन् ।

    सोमबार दिउँसोदेखि अवरुद्ध बाटो तत्काल खुलाउन सकिने अवस्था छैन । काम भइरहेकाले कम्तीमा चार–पाँच घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

    यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् । पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका छन् भने अधिकांश यात्रु त्यही रोकिएका छन् । धार्के क्षेत्रमा जाम लागेपछि प्रहरीले गाडीलाई बीच बाटोमै रोकेका छन् ।

    धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । सोमबार दिउँसो केही समय परेको पानीले पुलको मुनि लगाइएको पर्खाल भासिएको छ ।

    यस्तो छ वैकल्पिक स्थानीय बाटो

    काठमाडौँतर्फ जानेले पाँच किला भन्ने ठाउँबाट फोगटपुर–बाइरोड सडक हुँदै काठमाडौँ पुग्न सक्छन् । जुङ्गेखोला भन्ने ठाउँबाट बाइरोड निस्कन पनि सकिन्छ । सातकिला–बाइरोड, आठकिला–चिउरीपार्टी हुँदै धार्के र काठमाडौँबाट गल्छीतर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न सकिने छ ।

    त्यस्तै धादिङ, नुवाकोट र रसुवा जिल्लाबाट काठमाडौँ भित्रने र बाहिरिनेहरूले नुवाकोटको त्रिशूलीबाट छहरे ढिकुरेको बाटो प्रयोग गर्न सकिन्छ । पूर्व–पश्चिमबाट काठमाडौँ आउजाउ गर्ने सवारीले हेटौँडा हुँदै दामन पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सकिन्छ । त्यस्तै हेटौँटाबाट भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङ निस्किएर काठमाडौँ पुग्न सकिन्छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend