बारा । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आज शपथ ग्रहण गर्ने भएका छन् ।
वैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादव संघीय संसद अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित कानून समितिको सभाहलमा यादवको शपथग्रहण कार्यक्रम तय गरिएको छ ।
सभामुख देवराज घिमिरेले यादवलाई सांसदको शपथ गराउने छन् ।
वैशाख १० मै भएको उपनिर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन्।