काठमाडौँ । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपमा ऐतिहासिक जित निकालेको छ । यस जित सँगैनेपालले एसिया कपमा यात्रा पनि तय गरेको छ । यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरको खेलमा पूरा गर्दै नेपालले एसिया कपको यात्रा पक्का गरेको हो ।
यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।
आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।