logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी प्रमाणित: पूर्वअर्थमन्त्री पौडेल

    सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी प्रमाणित: पूर्वअर्थमन्त्री पौडेल

    1.4K
    Shares
    सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी  प्रमाणित: पूर्वअर्थमन्त्री पौडेल

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गरेका छन् । मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

    उनले मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताए । उनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दिमा गएको संकेत गरेको बताए ।

    पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरे । उनले पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको बताए । उनले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशःसंकट र मन्दीमा धकेलिरहेको आरोप लगाए ।

    उनले एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको बिरुद्धमा लड्दा,पूर्णनिर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको बिरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको बताए ।

    उनले भने, ‘तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनको आधारमा हेर्दा मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको देख्न सकिन्छ । पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क विभागमा उल्लेखित छ । यो अवस्था भनेको मुलुकको अर्थतन्त्र जोखिममा पर्‍यो भन्ने अवस्थाको प्रमाण हो । त्यसैगरी विभागले प्रकाशित गरेको पछिल्ला दुई आर्थिक वर्षका त्रैमासिकको तुलना गर्दा आर्थिक वृद्धिदर ०.७३ प्रतिशतले ऋणात्मक देखिन आएको छ । यसले देशको अर्थतन्त्र पूर्णतः मन्दीमा प्रवेश ग¥यो भन्ने प्रमाण हो । वर्तमान सरकारको नेतृत्वमा देशको अर्थतन्त्र क्रमशःसंकटको दिशामा र मन्दीमा धकेलिएको छ । एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थितिमा नाकाबन्दीको बिरुद्धमा लड्दा,पूर्णनिर्माण गर्नुपर्ने अवस्था पनि ठिक ठाउँमा ल्याउन सकेको थियो । कोरोना महामारीको बिरुद्धमा सिङ्गो विश्वसहित नेपाल पनि जुधिरहेको अवस्थामा अर्थतन्त्र बिग्रनबाट जोगाएको थियो । तर अहिलेको गठबन्धन सरकारले बजेट प्रश्तुत गरिरहेको थियो । त्यो बेला देशको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्न सकिन्छ भन्ने महत्वकांक्षि लक्ष्य लिएको थियो । तथ्याङ्क विभागको प्रतिवेदनलाई हेर्दा उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यो तथ्याङकले चालु आर्थिक वर्षमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लिएको लक्ष्य हावादारी थियो भन्ने कुरा पुष्टि गर्दछ । मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुगेको छ । तर वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौति अवस्थाका बारेमा कुनै चासो चिन्ता छैन । यो अवस्थाबाट मुुलुकलाई कसरी जोगाउने कुनै पहलकदमी छैन । सरकार बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको अवस्था छ । यो मुलुकको लागि चिन्ताको विषय हो । अहिलेसम्मका सरकारका काम कारबाहीहरु हेर्दा अर्थतन्त्रमा देखिएको चुनौतिलाई समाधान गर्न कुनै प्रभावकारी पहल गर्ला भनेर अनुमान गर्नसक्ने अवस्था छैन ।’

    उनले मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतिका बारेमा कुनै चासो चिन्ता नभएको बताए ।

    उनले सरकारले अर्थतन्त्रको चुनौतिबाट मुुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको बताए । उनले सरकार अर्थतन्त्रका चुनौति समाधान गर्नुुपर्ने अवस्थामा बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या मुलुकको लागि चिन्ताको विषय भएको उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend