बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, गठबन्धन धरापमा पर्नसक्छः माधव नेपाल

हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, गठबन्धन धरापमा पर्नसक्छः माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई बेवास्ता गरेको आरोप लगाएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिएका छन् ।

कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको नेपालको गुनासो थियो । उनले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दुःखी हुनुहुन्छ ‌ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend