logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैनः अध्यक्ष मगर

    कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैनः अध्यक्ष मगर

    847
    Shares
    कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैनः अध्यक्ष मगर

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताएका छन् ।
    बुधवार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस जगतले निष्पक्ष,स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताएका हुन् ।

    उनले स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्ने बताए । उनले मुलुकको मर्म बमोजिम प्रेसको रक्षा गर्नु सबैको दायित्व रहेको बताए ।

    त्यस्तै, पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेसलाई नियन्त्रण,आक्रमण,आफू अनकुल लेख्न लगाउने प्रवृति अझै कायम रहेको बताए । उनले नेपालमा अझै प्रेसमाथि नियन्त्रण तथा आक्रमणका घटना हुँदै आएकाले नेपालमा प्रेस स्वतन्त्रताको सवालमा सुरक्षित छौं भन्ने अवस्था नभएको बताए । उनले प्रेस स्वतन्त्रता माथि राज्यपक्ष तथा गैरराज्य पक्षबाट आक्रमण गर्नेलाई कानूनी रुपमा कारबाही गर्ने प्रक्रियाको थालनी हुन जरुरी रहेको बताए । उनले नेपालमा प्रेसमाथि आक्रमण गर्नेहरु अहिलेसम्म कानूनी दायरामा आएको नपाएको बताए ।

    उनले अझै पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून निर्माण हुन नसकेको भन्दै सरकारले तत्काल पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून बनाउन आवश्यक रहेको बताए ।

    उनले इन्टरनेटको विकाससँगै शुरु भएको डिजिटल पत्रकारिता चुनौति र अवसरको बीचमा रहेको बताए । महासंघले पछिल्लो एक वर्ष वर्षम नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

    विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघले मे ३ सन् २०२२ देखि २६ अप्रिल २०२३ सम्ममा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रेस स्वतन्त्रता हननका ५५ वटा घटनामा ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएको महासंघले जनाएको छ । एक वर्षको अवधिमा कब्जा अवरोधका सात, दुव्र्ययवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा, लैङ्गिक हिंसाका दुई, बिस्थापन एक र पेशागत असुरक्षाका ५५ वटा घटना भएको महासंघले जानकारी दिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend