logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दाङको थारु सङ्ग्रहालयमा आकर्षण बढ्दै

    दाङको थारु सङ्ग्रहालयमा आकर्षण बढ्दै

    1.2K
    Shares
    दाङको थारु सङ्ग्रहालयमा आकर्षण बढ्दै

    तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–३ मा निर्माण गरिएको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् ।

    ‘दैनिक एक हजारको हाराहारीमा अवलोकन गर्नेहरु आउने गरेका छन्’, सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले भनिन् ।

    उक्त सङ्ग्रहालयमा थारु संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाचगान, चार्डपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्न दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।

    समाजका सबै थारु समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । उहाँका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभइ बाहिरबाट पनि आउनेको सङ्ख्या बढिरहेको छ । थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाँडा, दगौरा घरलगायत सामग्री सङ्ग्रहालयमा राखिएको छ ।

    अहिलेसम्म सङ्ग्रहालयका लागि करिब छ करोड खर्च भइसकेको र थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । विसं२०७५देखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा स्थानीयवासीले रोजगारी पनि पाएका छन् ।

    थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै क्षेत्रका थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ ।

    सङ्ग्रहालयमा राना, डगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याइएको हो ।

    उक्त सङ्ग्राहलय पाँच बिघा जमिनमा फैलिएको छ । सङ्ग्राहलयमा सामान्य प्रवेश शुल्क ५० रुपैँया रहेकामा अपाङ्ग, विद्यार्थी र एकल महिलाका लागि भने ३० रुपैँया लिने गरिएको छ । सङ्ग्राहलयबाट दैनिक ४० हजार जति आम्दानी हुने गरेको उपाध्यक्ष चौधरीले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend