काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको छ ।
अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो ।
आज उनलाई काठमाडौं ल्याइँदै छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि लागेको छ ।
रायमाझीका छोरा सन्दीपलाई बुधवार नै पक्राउ परिसकेका छन् । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।
प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यहि प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।