logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी काम गर्ने सबैमाथि कारबाही हुनुपर्छ: सूर्य थापा

    नक्कली भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी काम गर्ने सबैमाथि कारबाही हुनुपर्छ: सूर्य थापा

    1.4K
    Shares
    नक्कली भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी काम गर्ने सबैमाथि कारबाही हुनुपर्छ: सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद् सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि समेत अनुसन्धान गरेर कारवाही गरिनुपर्ने बताएका छन् ।

    नेपाली नागरिकलाई ठूलो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नता रहेको आशंकामा प्रहरीले गृहका प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका सन्दर्भमा एमाले नेता थापाले यस्तो प्रतिक्रिया आएको हो ।

    नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने काम गैरकानुनी हो भन्दै उनले त्यससमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।

    थापाले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ।’

    नेपाली भएर पनि नक्कली भुटानी शरणार्थी बन्न तयार हुने, रकम संकलन गर्ने र बुझाउनेहरूलाई पीडित भन्न नमिल्ने भन्दै उनले तिनीहरुको रकम जफत गर्नुपर्ने धारणा राखेका छन् । ‘अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ ।’ उनले भनेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेको छ । त्यस्तै नेता रायमाझी र तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता थापाले यो घटनामा कसैको मुख हेर्न नहुने र गैरकानुनी काम गर्ने सबैलाई कारबाही हुनुपर्ने बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend