logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज विश्वासको मत लिदैँ

    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज विश्वासको मत लिदैँ

    1.1K
    Shares
    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज  विश्वासको मत लिदैँ

    काठमाडौँ । केन्द्रीय सत्ता समिकरण फेरिएपछि गण्डकी प्रदेशको नयाँ नेतृत्वमा चुनिएका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि प्रस्ताव राखेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम उनले विश्वासको मत माग गरेका हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे गत बिहीबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

    संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त भएका पाण्डेलाई माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थन रहेको छ । सरकारलाई विश्वासको मतका लागि ३१ सांसदको आवश्यक पर्दछ । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ ।

    उनले सोहीअनुसार विश्वासको मत प्राप्त गर्नेछन् । विश्वासको मत पाएर मुख्यमन्त्री बनेपछि पाण्डेले जनअपेक्षा अनुसार काम गर्ने बताए । उनले सरकारी सेवामा चुस्त र दुस्त राख्न आफ्नो भूमिका महत्त्वपूर्ण रहने उनले बताए । विगतका सरकारले थालनी गरेका आयोजनालाई निरन्तरता दिने उनले बताए । सत्ता बाहिर रहेका एमाले र राप्रपासँग पनि मत माग गरेका उनले सबैको साझा प्रयासबाट नै अगाडि बढ्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend