logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारत र पाकिस्तानको सीमामा गोली हानाहान, तीन भारतीय र दुई पाकिस्तानी सैनिक मृत्यु

    भारत र पाकिस्तानको सीमामा गोली हानाहान, तीन भारतीय र दुई पाकिस्तानी सैनिक मृत्यु

    1.7K
    Shares

    पौष १० काठमाडौं भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सैनिकविच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन भारतीय र दुई पाकिस्तानी सैनिक रहेका छन् । जम्बु कश्मीरको हाजी पीर क्षेत्रमा ३६ घन्टासम्म चलेको भिडन्तमा ति सैनिकहरु मारिएको पाकिस्तानी सेनाले जानकारी दिएको छ ।

    पाकिस्तानी सेनाका प्रवक्ता आशीफ गफूरले दुबै क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भिडन्त भएको ट्विटरमार्फत जानकारी दिएका हुन । पाकिस्तानी सेनाले सो क्षेत्रमा सुवेदार सहित तीन भारतीय सैनिक मारिएको र भारतीय सैनिकको एउटा पोष्ट समेत नष्ट गरिएको जनाएको छ ।

    भिडन्तमा केही सैनिक घाइते भएको बताइएको छ । पाकिस्तानका सेनाका एक सुवेदार र जवानको मृत्यु भएको छ । देवा क्षेत्रमा भएको भिडन्तमा पाकिस्तानी सैनिक मारिएका हुन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend