logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

    राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

    805
    Shares
    राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् ।

    आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताइन् ।

    ‘पञ्चायतकालको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ’, उनले भनिन् ।

    राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको दायित्व भएको उनको भनाइ छ । उनले समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिन् ।

    ‘गलत क्रियाकलापको आलोचना स्वभाविकै भए पनि राम्रा कामलाई पनि नकारात्मक ढङ्ले पस्कने प्रवृत्तिको विकास हुन थालेको छ । यसलाई चिर्दै आमसञ्चारमाध्यमले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई प्रस्तुत गर्नुपर्छ’, उनले भनिन् ।

    उनले सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर भएको स्पष्ट पारिन् ।

    आमसञ्चारमाध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

    श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसँगै पत्रकारको दक्षता अभिवृद्धिका लागि सङ्घ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका मुद्दा प्राथमिकतामा रहेको उनले जानकारी दिइन्

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend