बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै आकस्मिक अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै आकस्मिक अवतरण

काठमाडौँ । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि बाटोबाटै भैहरवा नै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंका लागि उडेको विमान केही समयमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर आकस्मिक अवतरण गरेको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै भैरहवा फर्काइएको जानकारी दिए ।

विमानमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल रहेको श्री एयरलाइन्सले जनाएको छ । यसबारे विस्तृत विरण आउन बाँकी नै छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend