logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा एमालेको आपत्ति

    रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा एमालेको आपत्ति

    1.3K
    Shares
    रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा एमालेको आपत्ति

    काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा शुरुमै नियमापत्ति जनाएको छ ।

    सोमवार बसेको बैठकमा नेकपा एमालले आईतवारको बैठकमा नेपाली काँग्रेसका राष्ट्रिय सभामा दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो ।

    आईतवार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जड्खेलो छोरो भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । उनले यस्ता शब्दहरुले संसद र सांसद स्वयंको पनि गरिमा घट्ने बताए ।

    उनले भने, ‘माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ । त्यसमा नेकपा एमालेको नियमापत्ति छ । हामीले हिजो नियमापत्ति जनाउने सोचेपनि पहिलो दिनको बैठक भएकाले गरेनौँ । उहाँले हिजो पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई जड्खेलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ । संविधानको धारा २६९ ले समान विचार भएका र सिद्धान्त भएकाहरुको बीचमा संगठन निर्माण गर्न सकिने भनिएको छ, संविधानको धारा ११७ मा मौलिक हकको व्यवस्था गरिएको छ । त्यसमा व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिने छैन भन्नेकुरा गरिएको छ । जड्खेलो छोरोको शब्द जुन राखियो, यो शब्दले हाम्रो सम्पूर्ण गरिमा सांसदको गरिमा घट्छ की बढ्छ ? हिजो उहाँले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

    नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम बिरुद्धमा रहेको भए मंगलवारको बैठकमा जानकारी गराउने प्रतिबद्धता जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend