बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच समसामयिक विषयमा छलफल भइरहेको हो ।

सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो । उनको नाम अनुमोदन गर्नका लागि संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने छ । त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्मै विचाराधीन रहेको छ ।

नागरिकता विधेयकको बारेमा समेत तीन नेताबीच छलफल हुने बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend