काठमाडौं । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। नेपाल प्रहरीको विशेष टोलीले मंगलबार दिउँसो नेता रायमाझीको घरमा छापा मारेको हो।
ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संलग्नता रहेको आरोप लागेको छ।
यो घटनामा यसअघि उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् ।