काठमाडौँ । चालु बजेट अधिवेशन अन्तर्गत छलफलका लागि संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दै छ। सांसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेबाट सुरू हुनेछ।
आजको बैठकमा सांसदहरूले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल गर्नेछन्। सांसदहरूले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
गत आइतबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले सोमबार र मंगलबारको छलफलमा भाग नलिएका सांसदहरूले आज आफ्नो धारणा राख्ने कार्यसूचि रहेको छ।
राष्ट्रिय सभामा भने बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएर अर्थमन्त्री महतले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेका छन्।