
काठमाडाैँ । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनैपनि हालतमा छुट दिनु नहुने बताए ।
उनले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्नु नहुने बताए ।
उनले भने, ‘त्यो केवल आर्थिक भ्रष्टाचार अथवा अंकसँग मात्रै सम्बन्धित विषय होइन । त्यो ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धी । अथवा यो एकप्रकारको जघन्य अपराध हो । यसमा संलग्न कुनैपनि मानिसहरुलाई छुट दिने कल्पनाको त कुरै नगरौँ । यसलाई कुनैपनि बाहानामा कमजोर बनाउने, यसबाट कसैलाई पनि उन्मुक्ति दिने काम सरकारले गर्नु हुँदैन । पछिल्लो दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि ? अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु कहीँ कतैबाट आउन थालेका छन् । यसप्रकारको गल्ती सरकारको तर्फबाट नहोस् भन्ने हामी आग्रह गर्न चाहन्छौँ । यस्तो जघन्य अपराधमा, देशको बेइजति गर्ने, दुनियाँका अगाडी देशको शिर झुकाउने खालको क्रियाकलापमा पूर्व गृहमन्त्रीहरु, उपप्रधानमन्त्री भएका मानिसहरुको समेत नाम आउनु लज्जास्पद विषय हो । त्यसकारण यसको विषयमा अझ व्यापक जानकारी हुन जरुरी छ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend