काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्नताको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा गरिएको र परीक्षण गरेपछि सरकारी वकिलको कार्यालयमा पुर्याइएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतबाट म्याद थप गर्न लागेको हो ।