काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै घरबाट पक्राउ परेका पूर्वमन्त्री खाँणलाई ४ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो ।
यसअघि उनलाई वीर अस्पतालमा लगी स्वास्थ्य परीक्षण गरेर सरकारी वकिलको कार्यालयमा पुर्याइएको थियो । त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।
बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।