logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मौसम पूर्वानुमान : गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना

    मौसम पूर्वानुमान : गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना

    1.1K
    Shares
    मौसम पूर्वानुमान : गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना

    काठमाडौं । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ।

    गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

    राती  देशभर मौसम सामान्यतया सफा रहने छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend