logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • छुरा प्रहारबाट धादिङमा युवकको मृत्यु, दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन

    छुरा प्रहारबाट धादिङमा युवकको मृत्यु, दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन

    1.6K
    Shares
    छुरा प्रहारबाट धादिङमा युवकको मृत्यु, दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन

    धादिङ। होटलमा लेनदेनको विवादका कारण छुरा प्रहार हुँदा धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरले ज्यान गुमाएका छन् ।

    होटलमा भएको विवादबाट चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

    धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले भने, ‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबीच सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गयो’

    एसपी मिश्रका अनुसार प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ ।

    होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।

    उक्त हत्याको विरोधमा स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्डमा प्रदर्शन गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend