
रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी आज सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।
भारतबाट नेपालतर्फ अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो ।
बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend