एजेन्सी । पाकिस्तानकी भूतपूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई उनकै निवासबाट पक्राउ गरिएको छ ।
पाकिस्तान तहरीक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता शिरिन मजारीलाई शुक्रवार बिहान इस्लामावाद प्रहरीले हिरासतमा लिएको बताइएको छ ।
मजारीकी छोरी र एक वकिल इमान हाजिर–मजारीले ट्विटरमा एउटा भिडियो साझा गरेका छन् जसमा पाकिस्तानी पूर्व मन्त्रीलाई पक्राउ गर्न सादा लुगा लगाएका केही पुरुष जबरजस्ती उनको घरमा प्रवेश गरिरहेको देखिएका छन् ।
ट्विटरमा अर्को भिडियो पनि बाहिरिएको छ । जसमा इस्लामाबाद प्रहरीले शिरिन मजारीलाई एउटा कारमा राखेर उनको घरबाट कतै टाढा लैजाँदै गरेको देख्न सकिन्छ ।