बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते

दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते

एजेन्सी । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो ।

एकजना शिक्षक सहित १४ जना घाइते भएको र तिनीहरूको नजिकैको अस्पताल उपचार भइरहेको बताइएको छ ।

छत भित्रको फिनिसिङ सामाग्री एकैपटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend