गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदको बिस्तार गरेका छन्।
सत्ता साझेदार नेपाली कांग्रेसबाट–२, नेकपा माओवादीबाट– २ र एकीकृत समाजवादीबाट–१ जना समावेश गर्दै मन्त्रीपरिषद् बनाउन लागेका हुन् ।
मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जाली लाई मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा र एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गरेका छन् ।
आजै ४ बजे नव नियुक्त गरिएका चार मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्र तय गरिएको बताइएको छ ।
मन्त्रीहरुको जिम्मेवारीबारे सपथ ग्रहण कार्यक्रममै सार्वजिक गरिने मुख्य मन्त्री पाण्डेले बताए ।
केन्द्रीय सत्ता समिकरणमा फेरबदल भएसँगै गण्डकी प्रदेशमा कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।