logo

२०८१ मंसिर २७ बिहिबार

logo
  • बिहिबार, २७ मंसिर २०८१
  • स्थायी कमिटी बैठक पछि एमालेले वार्षिक कार्य योजना तयार पार्ने

    स्थायी कमिटी बैठक पछि एमालेले वार्षिक कार्य योजना तयार पार्ने

    805
    Shares
    स्थायी कमिटी बैठक पछि एमालेले वार्षिक कार्य योजना तयार पार्ने

    काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्य योजना तयार पार्ने भएको छ।

    गत बिहीबार सुरु भएको एमालेको चौथौँ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको वार्षिक कार्य योजना बनाउन लागेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्य योजना केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ ।

    शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पद्मा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए ।

    सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend