
लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा शुक्रबार लन्डनमा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै राजदूत आचार्यले नेपालमा लगानीको वातावरण दक्षिण एसियाका अन्य मुलुकहरुको तुलनामा आकर्षक रहेको बताए।
उनले कोभिड भन्दा पहिले प्रति वर्ष ६०,००० ब्रिटिश पर्यटकहरुले नेपालको भ्रमण गरेकोमा अहिले त्यो संख्या ५०,००० पुगेको बताए। उनले दुवै देश बीच पर्यटन तथा व्यापार अभिवृद्धि गर्न नेपाली तथा ब्रिटिश व्यवसायीहरुलाई आग्रह गरे।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका साम्सद तथा पूर्व मंत्री डिन रसेलले नेपाल बेलायतको भरपर्दो मित्र रहेको बताउँदै अन्तर्राष्ट्रिय व्यापार वृद्धि हुँदा दुवै मुलुकलाई फाइदा पुग्ने बताए। उनले बेलायतमा रहेका नेपाली समुदायले एक अर्कालाई सफल हुन सहयोग गरि रहेको बताउँदै त्यसको प्रशंसा गरे। उनले दुइ देशबीचको व्यापार बढाउन आवश्यक रहेको बताए।
बीएनसीसीका प्रमुख कार्यकारी रिचार्ड पेलीले नेपालमा लगानी वृद्धि गर्न प्रशासनिक व्यावधान हटाउन र दुवै देशबीच दोहोरो कर हटाउने सम्झौता गर्न आग्रह गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend