logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सेवाग्राही ठग्ने लेखापढी पक्रँदै प्रशासन, अधिकांश सटर बन्द

    सेवाग्राही ठग्ने लेखापढी पक्रँदै प्रशासन, अधिकांश सटर बन्द

    2.1K
    Shares
    सेवाग्राही ठग्ने लेखापढी पक्रँदै प्रशासन, अधिकांश सटर बन्द

    सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ ।

    ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो ।

    सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कार्वाहीको शुरु गरेको छ । प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन् ।

    उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको बताइन् । सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको बताइन् ।

    उनले भनिन्, ‘ठगिएको गुनासा बढ्न थाले । छानबिनको क्रममा पुष्टि भएसँगै ठगी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ । कोही धरौटीमा छुटेका छन् । कसैको मुद्दा चल्ने क्रममा छ र केही खोजीको क्रममा छन् ।’

    यसैबिच सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको समेत जनाएको छ ।

    प्रशासनले दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको बताएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend