logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • गृह मन्त्रालयको प्रहरी प्रधान कार्यालयलाई निर्देशन: उखु किसानको पैसा नतिर्ने व्यापारीलाई तत्काल पक्राउ गर

    गृह मन्त्रालयको प्रहरी प्रधान कार्यालयलाई निर्देशन: उखु किसानको पैसा नतिर्ने व्यापारीलाई तत्काल पक्राउ गर

    1.7K
    Shares

    पौष १५ काठमाडौं उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

    कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो । सोमबार उद्योग र कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।

    उद्योगले पाँच वर्षसम्मको बक्यौताको साँवा पनि दिन मानेका छैनन् । तर, सहकारी र साहुबाट लिएको ऋणको ब्याजमाथि स्याज थपिएर किसानको उठिबास हुने अवस्था आएको छ ।

    केहि दिन अघिदेखि उखु किसानहरु काठमाडौंमा धर्ना बसिरहेका छन। चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उनिहरु बताउँछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend