logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण दुई सातासम्म बन्द हुने

    काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण दुई सातासम्म बन्द हुने

    826
    Shares
    काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण दुई सातासम्म बन्द हुने

    काठमाडौैं । आजदेखि मेलम्चीको खानेपानी दुई साता काठमाडौंमा वितरण बन्द हुने भएको छ ।

    परियोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको हो ।

    २०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना (हेडवर्क्स) तहसनहस बनाएको थियो।

    सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ।

    बाढी लगत्तै परियोजनाले चैत मसान्तमा काठमाडौंमा पानी पठाएको थियो भनेर यस वर्ष मंसिरदेखि नै पानी आइरहेको छ।

    ‘अहिले पानी ल्याइरहेको प्रणालीभित्र ठुल्ठूला ढुंगा नपसोस् भनेर हामीले केही उपकरण राख्न लागेका हौं,’ पन्तले भने, ‘उपकरण राख्न करिब दुई साता लाग्छ। यो उपकरण राखेपछि हामी वर्षायाममा पनि पानी पथान्तरण गर्न सक्छौं।’

    बाँध क्षेत्रको ठीक माथि पर्ने दोरिङको पहाडै पहिरोको जोखिममा रहेकाले उसले बाँध क्षेत्र त्यहाँ नबनाउन प्रारम्भिक रूपमा सुझाव दिएको परियोजनाले बताएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend