logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको तयारी पूरा

    दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको तयारी पूरा

    861
    Shares
    दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको तयारी पूरा

    दोलखा । दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा यहाँ हुने पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको तयारी पूरा भएको छ ।

    आदर्श पुरुष, स्वच्छ छविका नेता एवं पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा यही जेठ ५ देखि ९ गतेसम्म टुर्नामेन्ट सञ्चालन हुने चरिकोटमा गरिएको पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो ।

    दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठले खेलबारे जानकारी दिँदै भने, ‘खेलका लागि अन्तिम तयारी तथा पुरस्कार घोषणाका लागि पत्रकार सम्मेलन गरिएको हो । नेपालका १० च्याम्पियन महिला र निमन्त्रण गरिएका १० देशका खेलाडीहरूमध्ये सात देशका दुई सय जना सहभागी हुने पक्का भएको छ । खेलमा ४७ जना उत्कृष्ट खेलाडीका लागि चार लाख ८३ हजार रुपियाँको नगद पुरस्कार व्यवस्था गएिको छ । प्रथम हुनेले एक लाख रुपियाँ र ट्रफी पाउनु हुने छ ।’

    खेलका लागि भारत र बङगलादेस समेतका छ जना आरबिटर रहने छन् । यो खेलले आन्तरिक तथा बाह्य पर्यटकको आगमनको पनि अपेक्षा राखिएको छ । प्रचार प्रसारका लागि पनि ९० दिनको समय राखिएको थियो । पचरप्रसारले राम्रो भूमिका खेलेका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    आउने खेलाडीहरूका लागि १० वटा होटेलको व्यवस्था मिलाइएको छ । २५ लाख रुपियाँ खर्चको अनुमान गरिएकोमा खेल प्रेमी र स्थानीय सरकारसँग हातेमालो गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend