सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

भ्रष्टाचार नियन्त्रणका लागि साझा संकल्प गरौँः सांसद पौडेल

भ्रष्टाचार नियन्त्रणका लागि साझा संकल्प गरौँः सांसद पौडेल

k|ltlglw;ef a}7sdf dGqL kf}8]n sf7df8f}F, #! h]7 M lzIff, lj1fg tyf k|ljlwdGqL b]j]Gb| kf}8]n k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf wf/0ff /fVb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरुले साझा संकल्प गर्नुपर्ने बताएका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरु साझा संकल्पका साथ अगाडी बढ्नु जरुरी रहेको बताएका हुन् ।

उनले भ्रष्टाचारको विषय सत्तापक्ष र विपक्षको विषय नभएर आम नागरिकको साझा विषय भएकाले यसलाई नियन्त्रण गर्नु साझा दायित्व भएको बताए । उनले एक अर्कालाई आरोप प्रत्यारोप नगरी छानविनलाई निस्कर्षमा पुर्‍याउन सम्बन्धित निकायलाई सबैले सहयोग पुर्‍याउनुपर्ने धारणा राखे ।

उनले भने, ‘नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने गम्भिर प्रकारको घटना सार्वजनिक भएको छ । यो घटनामा कतिपय माननीयले यहाँ सरकारको बारेमा प्रश्न उठाउनु भएको छ । मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमान्दारितापूर्वक समर्थन गर्न डराउनु हुँदैन । भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन । नेपालको नागरिकहरुको साझा विषय हो । के नेपाल सुशासन नभएको देश हो ? के न्याय लुटिएको देश हो ? के कानून मरेको देश हो ? जिम्मेवारी समाप्त भएको देश हो ? दायित्व गुमनाम भएको देश हो ? जवाफदेहिता नभएको देश हो र ? यदी यि विषयहरुको प्रत्याभुति दिलाउने देशको रुपमा हामी परिचित हुनुछ भनेदेखि भ्रष्टाचारको यो अभियानमा हामी साझा संकल्पका साथ अगाडी बढ्नु जरुरी छ । आरोप प्रत्यारोप होइन । एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर, सम्पूर्ण माननीयज्युहरुसँग म विशेष अनुरोध गर्न चाहन्छु, त्यसप्रकारले विषयान्तर नगरौँ । भूटानी शरणार्थीको विषय गम्भिरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निस्कर्षमा पुर्‍याउनको निम्ति सरकारलाई सम्बन्धित निकायहरुलाई सहयोग पुर्‍याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पती शुद्धीकरण विभागजस्ता राज्यका निकायहरु सुस्ताएर बस्नु नहुने पनि बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend