logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसद र सरकार अरुले नै चलाउँदो रहेछ, मन्त्री ‘शोकेशको मान्छे’ जस्तो भएकाे अनुभूति: मन्त्री किराती

    संसद र सरकार अरुले नै चलाउँदो रहेछ, मन्त्री ‘शोकेशको मान्छे’ जस्तो भएकाे अनुभूति: मन्त्री किराती

    1.2K
    Shares
    संसद र सरकार अरुले नै चलाउँदो रहेछ, मन्त्री ‘शोकेशको मान्छे’ जस्तो भएकाे अनुभूति: मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद र सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।

    मंगलबार संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताएका हुन् ।

    मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे । उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई आग्रह गरे ।

    संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाई थियो । मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रीपरिषदबाट पास गराएर संसदमा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरुको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौं । अरुले नै चलाउँदो रहेछ मन्त्री त । हामीत शोकेशको मान्छे मात्रै रहेछौं । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसदमा हाम्रो सक्रिय भूमिका भईदिनु पर्‍यो । चासो गरिदिनु पर्‍यो । तपाईहरुले बोलिदिनु पर्‍यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ । ’

    मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरु आवश्यक नभएको तर्क समेत गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend