logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकार अनावश्यक खर्च कटौतिमा निर्मम हुनुपर्छः प्रमुख सचेतक शाही

    सरकार अनावश्यक खर्च कटौतिमा निर्मम हुनुपर्छः प्रमुख सचेतक शाही

    1.2K
    Shares
    सरकार अनावश्यक खर्च कटौतिमा निर्मम हुनुपर्छः प्रमुख सचेतक शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले खर्च कटौतिमा निर्मम हुनुपर्ने बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।

    उनले अर्थतन्त्रका वर्तमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो नभएको बताए । उनले नयाँ सरकार बनेपछिको मुलुकको आर्थिक वृद्धिदर घट्दै गएको र वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको बताए ।

    उनले समितिले सरकारले गर्ने खर्च कटौतिका विषयमा समितिलाई जानकारी दिनको लागि अर्थमन्त्रीलाई तत्काल बोलाउन माग गरे ।

    उनले भने,‘अर्थतन्त्रका वर्षमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो होला भन्ने लाग्दैन । आर्थिक वृद्धिदर घट्दै आएको अवस्था छ । मुलुकको वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको छ नयाँ सरकार बनेपछिको तथ्याङ्क हो । खर्च कटौति कसरी गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनको लागि समितिमा अर्थमन्त्रीलाई तत्काल बोलाउनुपर्छ । अबको अर्को बैठकमा अर्थमन्त्री बैठकमा हुनुपर्छ । सरकारसँग सांसदहरुले खर्च कटौतिका विषयमा जानकारी मागेको माग्यै छौं । तर सरकारले जानकारी दिएको छैन । कि त सरकारले नीतिगत निर्माणमा गलत गर्नुप¥यो । अहिले हामी अति संवेदनशिल अवस्थामा छौं ।’

    उनले सरकारसँग सांसदहरुले खर्च कटौतिका विषयमा जानकारी मागे पनि अहिलेसम्म नदिएको बताए । उनले अर्थतन्त्रका दृष्टिकोणले मुलुक संवेदनशिल अवस्थामा रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend