logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन गर्न नयाँ शिविर खाेल्याे

    दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन गर्न नयाँ शिविर खाेल्याे

    903
    Shares
    दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन गर्न नयाँ शिविर खाेल्याे

    एजेन्सी । दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ ।

    एकजना वरिष्ठ अधिकारीले सोमबार दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ । ती आश्रय लिइरहेका शरणार्थीलाई बसोबास गर्न जग्गा छुट्याउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल अटकले पत्रकार सम्मेलनमा बताएका छन् ।

    उनले सुडानसँगको सीमा नजिक रहेको रिसेप्शन सेन्टरबाट शरणार्थीलाई नयाँ शरणार्थी शिविरमा स्थानान्तरण गर्न सरकारले मानवीय साझेदारसँग समन्वय गरिरहेको पनि जनाकारी दिएका छन् ।

    मन्त्री अटकले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीलगायतका निकायले शरणार्थीलाई आश्रय दिने, विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गर्ने र आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठनले नयाँ शिविरमा यातायातको व्यवस्था गरिरहेको पनि बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend